समखबर संवाददाता


0 प्रतिक्रिया

752

पार्टी भित्रको सबै विवादका विषयमा छलफल गर्न जसपा अध्यक्ष यादव तयार

४ वर्ष अगाडि
समखबर संवाददाता

940

काठमाडौं । ललितपुरको ग्वार्कोस्थित इन्द्रेणी गार्डेनमा सुरु भएको जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समिति बैठक लम्बिने भएको छ । छलफलका लागि १२ वटा एजेन्डा तय गरि शुक्रबारबाट बैठक सुरु भएको छ ।


आन्तरिक विवाद चुलिएको बेला सुरु भएको बैठकमा अध्यक्ष उपेन्द्र यादवले ४ वटा एजेन्डा प्रस्तुत गरेका थिए तर कार्यकारिणी सदस्यहरुले थप ८ वटा एजेन्डा थप गर्न माग गरेपछि अध्यक्ष यादव सबै एजेन्डामा छलफल गर्न तयार भएका हुन् ।


विवादका सबै विषयमा छलफल गर्न अध्यक्ष यादव तयार देखिएको एक केन्द्रीय कार्यकारिणी सदस्यले जानकारी दिए । ‘लामो समयदेखिको विवाद र संवादहिनताबीच सुरु भएको बैठक भए पनि सौहार्दपूर्णरुपमा सुरु भएको छ, एक नेताले भने, ‘एमसीसीको विषयमा पनि एकमतले निर्णय हुने सम्भावना छ, कार्यकारी अधिकार बाँडफाँडको विषयलाई पनि अध्यक्षले छलफल गरेर टुङ्ग्याऔं भन्दै एजेन्डामा समावेश गर्नुभएको छ ।’


लामो समय पछि सुरु भएको बैठक केही दिन लम्बिन सक्ने आकलन गरिएको छ ।

940

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.