समखबर संवाददाता


0 प्रतिक्रिया

832

डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या, दुई जना पक्राउ

४ वर्ष अगाडि
समखबर संवाददाता

1K

मोरङ । डेढ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका–७ बस्ने २५ वर्षीय अजय चौधरी र सोही ठाउँ बस्ने २८ वर्षीय मिथुन चौधरी रहेका छन् । 

घरमा खेल्दै गरेको अवस्थामा शुक्रबार साँझ हराएकी बालिका सुन्दरहरैँचा नगरपालिका–७ गणेशपुरस्थित बनमारा बयरघारीमा अशक्त अवस्थामा फेला परेकी थिइन् । 

उनको स्थानीय अस्पताल हुँदै नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा शुक्रबार राति मृत्यु भएको थियो । 

प्रहरीका अनुसार शुक्रबार दिउँसो अजय चौधरी सोही ठाउँस्थित गछिया खोलामा बालुवा चाल्दै गरेको अवस्थामा दाइ मिथुन चौधरीसँग भेट गरेका थिए । त्यसपछि उनीहरु केरा बगानमा गई गाँजा सेवन गरेका थिए । 

गाँजा सेवन गरेपछि अजयले कोही नभएको मौका छोपी बालिकाको घरमा गएर बालिकालाई बनमारा झाँडीमा ल्याएको प्रहरीले जनाएको छ । 

बालिका रुन थालेपछि टाउकोमा बियरको बोतल तथा ढुंगाले हानी उनीहरुले बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । 

घटनास्थलबाट प्रहरीले रगत जस्तो रातो पदार्थ लागेको २ थान ढुंगा, १ थान बियरको बोतल र पीडितको १ थान सुरुवाल बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.