समखबर संवाददाता


0 प्रतिक्रिया

1K

छुट्टाछुट्टै घटनामा धनुषामा दुई जनाको मृत्यु

४ वर्ष अगाडि
समखबर संवाददाता

1.3K

जनकपुरधाम । धनुषामा दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । 

शनिबार दिउँसो जनकपुरधामस्थित अरगजा पोखरीमा स्थानीय १२ वर्षीय कर्णकुमार दासको मृत्यु भएको छ भने शनिबार नै मुखियापटी मुसहरनिया गाउँपालिका-६ वैरियाका २६ वर्षीय ललित यादवको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएका छन् ।

कर्ण पोखरीमा डुबेको देखेपछि स्थानीयले उद्धार गरी उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा लैजाँदा बाटोमा मृत्यु भएको थियो । 

यादवको भैसिलाई नुहाउने क्रममा चापा कलमा लागेको विद्युतीय मोटरबाट विद्युत प्रवाह भई करेन्ट लागेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.