समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

युवा ब्याटर रोहितको कीर्तिमान

४ वर्ष अगाडि
समखबर संवाददाता

1.5K

काठमाडौं । नेपालका मध्यक्रमका ब्याटर रोहितकुमार पौडेलले पपुवा न्यु गिनी (पीएनजी) विरुद्धको पहिलो एकदिवसीय खेलमा अर्धशतक पूरा गरेका छन् । 

एकदिवसीय खेलमा रोहितको यो पाँचौ अर्धशतक हो । यससँगै रोहितले नेपालबाट एक दिवसीय शृंखलामा सर्वाधिक अर्धशतकको कीर्तिमान रचेका छन् ।

उनले यसअघि ज्ञानेन्द्र मल्लको नाममा रहेको चार अर्धशतकको कीर्तिमानसँग बराबरी गरेका थिए । कीर्तिपुरस्थित टियु मैदानमा रोहितले ५४ बलमा तीन चौका र एक छक्का मद्दतमा अविजित ५० रनमा खेलिरहेका छन् ।

७३ रनमा चार विकेटको स्थितिमा ब्याटिङका लागि आएका रोहितले आरिफ शेखसँग पाँचौ विकेटका लागि अविजित ६० रनको साझेदारी गरिसकेका छन् ।

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.