समखबर संवाददाता


0 प्रतिक्रिया

1K

फन पार्कमा महिला र पुरुषलाई जान अलग अलग दिन निर्धारण

४ वर्ष अगाडि
समखबर संवाददाता

1.3K

काबुल–तालिबानहरूले पुरुष र महिलाहरूलाई फन पार्कमा जान अलग अलग दिन निर्धारण गरेका छन् । अफगानिस्तानमा तालिबानले महिला अधिकार कटौती गर्न लगातार नयाँ प्रतिबन्धहरू लागू गरिरहेको छ ।

केही दिनअघि अफगान सरकारले केटीहरूलाई विद्यालय जान दिने वाचालाई उल्टाएको थियो । एउटा अनौठो कदममा तालिबानले अब काबुलको मनोरञ्जन पार्कहरूमा लैङ्गिक विभेद लागू गरेको छ ।

तालिबानको तालिबानको तथा दुव्र्यवहार रोकथाम मन्त्रालयले एक आदेश जारी गरेको छ कि  काबुलका सबै सवारी र खेलहरू आइतवारदेखि मंगलबारसम्म महिला तथा केटीहरू र बुधवारदेखि शनिबारसम्म केटाहरू र पुरुषहरूका लागि खुला छन् ।

मनोरञ्जन पार्कहरूमा गरिने यस्तो विभेदले महिला र केटीहरूको अधिकारको बारेमा चिन्ता बढेको छ । 
 

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.