समखबर संवाददाता


0 प्रतिक्रिया

1.8K

साम्राज्यवादीहरू रहदासम्म सदैब युद्धको खतरा रहिरहन्छ : सिपि गजुरेल

४ वर्ष अगाडि
समखबर संवाददाता

2.3K

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी सदस्य समिति सदस्य सि पी गजुरेलले साम्राज्यवादीहरू रहदासम्म सदैब युद्धको खतरा रहिरहने बताएका छन् ।

बानेश्वर स्थित मीनभवनमा आज (शुक्रबार) माक्सवादी एकता अभियान नेपालद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भने -“राष्ट्रियता बचाउन, देश समृद्ध गर्न, जनताको समस्य समाधान गर्न नसक्ने संसद नेपाली जनतालाई सेतो हात्ती पाले झैं भएको छ ।” उनले अमेरिकाले आफ्नो प्रभुत्व कायम गर्ने उद्देश्यले युक्रेनलाई रसियासँग युद्ध गर्न उक्साएको बताए । जसको प्रत्यक्ष प्रभाव नेपालमा समेत परेको बताए ।

कार्यक्रममा बोल्दै पूर्व राजदूत, परराष्ट्र विद हिरण्यलाल श्रेष्ठले युक्रेन र रसिया बीचको युद्धको प्रभाव सिधै नेपालीको चुलोमा परेको बताए । श्रेष्ठले उक्त अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा नेपालको अवस्था पनि युक्रेनको जस्तो हुन सक्ने बताए । त्यसैले उनका अझै पनि एमसीसी विरुद्ध एकजुट भएर आवाज उठाउन सबैलाई आवहान समेत गरेका छन् ।

2.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.