समखबर संवाददाता


0 प्रतिक्रिया

828

सर्वोत्तम टिपिएल : उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय विजयी

४ वर्ष अगाडि
समखबर संवाददाता

1K

भैरहवा ।  सर्वोत्तम टिपिएल २०७८ शुक्रबारदेखि सुरु भएको छ । तिलोत्तमा क्रिकेट विकास समितिको आयोजना नवजीवन क्रिकेट मैदानमा भएको उद्घाटन खेलमा नेपथ्य ज्ञानोदय गोल्डस विजयी भएको छ ।

ज्ञानोदयले भैरहवा–११ माथि १७ रनको जित निकालेको हो । टस जितेर ब्याटिङ गर्न उत्रेको ज्ञानोदयका ब्याटसम्यानहरूले १९ दशमलव ६ ओभरमा १ सय २५ रनको योगफल तयार गरेको थियो । 

ज्ञानोदयका भीम सार्कीले ३८ र अमित श्रेष्ठले ३७ रनको योगदान दिए । खेलमा भैरहवाका अमृत गुरुङले ३ तथा योगेन्द्र कार्की र दुर्गेश कुर्मीले समान १–१ विकेट लिएका थिए । 

भैरहवा–११ ले १७ दशमलव ५ ओभरमा १ सय ८ रनमा अलआउट भए । भैरहवाका सोनु तामाङले ३० तथा ओपनर सुशान्त थापाले २५ रनको

योगदान दिए पनि त्यो जितका लागि पर्याप्त भएन । ज्ञानोदयका जितेन्द्र यादवले ३ तथा प्रतिस जिसीले २ विकेट लिएका थिए। ज्ञानोदयका जितेन्द्र यादव म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए । 

कार्यक्रममा समितिका अध्यक्ष दीपक शर्मा भुर्तेलले राष्ट्र कै नमुना नगरपालिकामा तिलोत्तमा प्रिमियर लिगको चौथो संस्करणमा सञ्चालन हुनु गौरवको विषय भएको बताए ।

क्रिकेट खेलमा नेपालको प्रदर्शन बढाउन र राष्ट्रिय स्तरको खेलाडी उत्पादनमा प्रतियोगिताको योगदान रहेको भन्दै यसको निरन्तरता जरुरी रहेको बताए । 

एक समारोहका बिच तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले प्रतियोगिताको उद्घाटन गर्दै नगरमा संघ र प्रदेश सरकारको सहयोगमा खेलकुद विकास अघि बढाएको बताए ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.