समखबर संवाददाता


0 प्रतिक्रिया

808

मेरो ज्यान जोखिममा छ : पाकिस्तानी प्रधानमन्त्री

४ वर्ष अगाडि
समखबर संवाददाता

1K

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । प्रधानमन्त्री खानले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए । 

आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तवार्तामा प्रधानमन्त्री खानले  देशको शक्तिशाली सेनाले आफूलाई  तीनवटा विकल्पहरू– अविश्वासको मत, मध्यावधी निर्वाचन र  प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । 

आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीहरूले चरित्र हत्या गरेको उनले दाबी गरे । ‘मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई  जानकारी गराउन चाहन्छु । विपक्षीले  मेरो चरित्र हत्याको योजना बनाएका छन् । म मात्र होइन मेरी श्रीमतीलाई पनि चरित्र हत्याको योजना गरेका छन्’, पूर्वक्रिकेटरसमेत रहेका ६९ वर्षीय खानले भने ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.