
समखबर संवाददाता
काठमाडौँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको महासचिवमा आहुति चयन भएका छन् । काठमाडौंमा गरेको प्रथम राष्ट्रिय भेलाले आहुतिको नेतृत्वमा ९९ सदस्यीय केन्द्रीय समिति चयन गरेको हो ।
केन्द्रीय समितिमा ४० प्रतिशत महिला सहभागिताको व्यवस्था गरिएको छ भने समितिको कार्यकाल ४ वर्षको रहनेछ ।
भेलाले चुनाव बहिष्कार गर्ने, एमसीसीविरुद्ध संयुक्त मोर्चा निर्माणमा पहल गर्ने लगायतका ८ बुँदे समसामयिक प्रस्ताव समेत पारित गरेको छ । साथै वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्ने ठोस कार्यदिशासहितको राजनीतिक प्रस्ताव, सांस्कृतिक रुपान्तरणको ठोस कार्ययोजना र विधानसमेत पास गरेको छ ।
बिहीबार देखि सुरु भएको उक्त राष्ट्रिय भेलामा देशभरिबाट पार्टीका नेताहरू सहभागी थिए ।
समखबर संवाददाता 

