
समखबर संवाददाता
एजेन्सीः लिबियाबाट शरणार्थी बोकेको डुंगा भूमध्य सागरमा डुब्दा कम्तीमा ९० आप्रावासीको मृत्यु भएको छ । क्षमताभन्दा बढी यात्रु बोकेको उक्त डुंगा केही दिनअघि लिबिया छोडेको थियो । दुर्घटनामा ४ जनाको जीवितै उद्धार भएको प्राप्त विवरणहरुमा जनाइएको छ ।
एलेग्रिया १ नामक एक व्यावसायिक ट्यांकरले शनिबार बिहान भूमध्यसागरमा ४ जनाको उद्धार गरेको डक्टर्स विदाउट बोर्डर्सले जनाएको छ । डुंगामा एक सय जनाले यात्रा गरेको उद्धार गरिएका व्यक्तिहरूले बताएका छन् ।
समखबर संवाददाता 

