
समखबर संवाददाता
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को चुनाव सारिएको छ । १५ जेठमा गर्ने भनिएको चुनाव ६ असारमा गर्नेगरी मिति सारिएको छ । २३ पुसमा बसेको एन्फा कार्यसमिति बैठकले एन्फाको चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो ।
पटक–पटक स्थगित भएपछि गत १५ चैतमा सम्पन्न विशेष साधारण सभाले चुनाव १५ जेठमा गर्ने निर्णय गरेको थियो । तर, एन्फा सचिवालयले विशेष साधारण सभाको निर्णय उल्टाउँदै कार्यसमिति सदस्यहरू, जिल्ला र क्लबहरूलाई पठाएको ‘केन्द्रीय कार्यसमितिको निर्वाचन प्रक्रियासम्बन्धी कार्यक्रम’मा एन्फाको चुनाव ६ असारमा गर्ने जनाएको छ ।
जिल्ला, क्लब तथा अन्य संघहरुको निर्वाचनको हकमा भने पुरानै निर्णयलाई निरन्तरता दिइएको छ ।
समखबर संवाददाता 

