
समखबर संवाददाता
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार कीर्तिपुर नगरपालिका- ६ मा बनेकाे चोभार सुक्खा बन्दरगाहको उद्घाटन गरेका छन् । देउवाले चाेभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारकाे हब बनाउने बताएका छन् । मंगलबार चाेभारस्थित नवनिर्मित बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् ।
चाेभार बन्दरगाह सञ्चालन पछि काठमाडौं अब अन्तर्राष्ट्रिय व्यापारकाे हब बन्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘यो बन्दरगाहले व्यापारलाई सरलीकरण र पारदर्शी बनाउने छ । गुणस्तरीय व्यापर पूर्वाधारले सबैलाई लाभ पुग्नेछ । हाम्रो वैदेशिक व्यापार थप व्यवस्थित प्रतिस्पर्धात्मक बन्नेछन् प्रधानमन्त्री देउवाले भने ।
सरकारले यस्तो पूर्वाधार मुलुकभर आवश्याकता अनुसार बनाउने प्रधानमन्त्री देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवाले नेपाली वस्तु विश्व बजारमा प्रतिस्पर्धी बनाउन पनि यस्तो पूर्वाधार आवश्यक रहेको बताए । उनले भने, ‘रेल आवश्यक छ तर धेरै खर्च लाग्न सक्छ । दातृ संस्थासँग सस्तो व्याज वा ग्राण्टमा रेल ल्याउने विषयमा पनि हामी सल्लाह गर्छाैं ।’
समखबर संवाददाता 

