समखबर संवाददाता
काठमाडौंः ठमेलमा सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा सोमबार प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङ रहेका छन् ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ उत्तरगेटबाट उक्त सुनको सिक्री सहित फेला पारी पक्राउ गरेको हो ।
उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।
समखबर संवाददाता