
समखबर संवाददाता
महोत्तरीः नेपाली कांग्रेस कोइराला समूहले मधेश प्रदेशमा स्थानीय तहको निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफलका लागि बैठक बसेको छ । अहिले उक्त समूहको बैठक बर्दिबासस्थित गौतम होटलमा जारी छ ।
निर्वाचनमा उम्मेद्धार छनोट गर्दा कसरी र कुन मापदण्ड बनाउने भन्ने विषयमा बैठकले निश्कर्ष निकाल्ने सहभागी एक नेताले बताए ।
कोइराला समूहका प्रदेशका आठै जिल्लाका पराजित सभापति तथा विजयी सभापति, जिल्लास्थित नेताहरूको उपस्थिति रहेको नेता विनोद खनालले जानकारी दिए ।
मधेश प्रदेशमा कोइराला प्यानलबाट सप्तरीमा रामदेव यादव र धनुषावाट जोगी पंजियार विजयी भएका थिए भने सिरहामा कोइराला समूहको समानान्तर कमिटी समेत छ । सिरहामा समानान्तर कमिटीबाट रामसुन्दर चौधरी सभापति छन् ।
कांग्रेसभित्र कोइराला समूहले निर्वाचनमा गठबन्धन गर्नु नहुने बताउँदै आएको छ । गठबन्धन नै भए पनि कोइराला समूहले आफुहरूले भनेजस्तो उम्मेदवार छान्न पाउने लबिङ गर्दै आएको देखिन्छ ।
समखबर संवाददाता 

