समखबर संवाददाता


0 प्रतिक्रिया

1K

स्पोर्टस अवार्ड २०७८: थप दुई विधाको मनोनयन सार्वजनिक

४ वर्ष अगाडि
समखबर संवाददाता

1.3K

काठमाडौंः धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना हुने तेस्रो एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आइकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो ।

सुदुरपश्चिम आइकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक भण्डारी मनोनयनमा परेका छन् । त्यस्तै सुदुरपश्चिम आइकन महिला तर्फ क्रिकेटकी कविता कुँवर, बक्सिङकी स्वस्तिका तिरुवा र तेक्वान्दोकी गीता कठायत मनोनयनमा परेका छन् ।

अर्जुन साउँदले डेब्यु गर्दै प्रधानमन्त्री कपमा पहिलो शतक हानेका थिए । उनले एसीसी अण्डर १९ क्रिकेट प्रतियोगितामा श्रीलंका विरुद्ध अर्धशतक बनाएका थिए । अशोक भण्डारीले २४ औं राष्ट्रिय भारात्तोलन प्रतियोगितामा सुदुरपश्चिमलाई स्वर्ण जिताएका छन् ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करणको मुख्य प्रवर्द्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् छ ।प्रवर्द्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद् छन् ।

त्यस्तै वर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र वर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । वर्ष युवा खेलाडीलाई निर्ग अस्पताल वर्ष प्रशिक्षकलाई सारथि अस्पताल, सुदूरपश्चिम आइकन पुरुष विधालाई माया मेट्रो हस्पिटल, सुदूरपश्चिम आइकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ ।

त्यस्तैगरी स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेको छ । अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ ।

विभिन्न आठ विधामा दिइने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न आठ विधामा अवार्ड दिइनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५र३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५र२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ ।

यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

1.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.