समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर गरे देवीको दर्शन

४ वर्ष अगाडि
समखबर संवाददाता

1.4K

नेपालगञ्जः रामनवमीको दिनमा नेपालगञ्जको बागेश्वरी मन्दिरमा हिन्दु धर्मावलम्बीले यक्ष र मोक्ष पाउने आशामा जिब्रो छेडेर देवीको दर्शन गर्ने परम्परा चलिआएको छ । चैते दसैँ सुरु हुने परेवाको दिनदेखि नै निरहार व्रत बसेको पुरुषले आफ्नो भाकल पूरा गराउन वा भाकेको कुरा पूरा भएपछि वाक्यकी देवी बागेश्वरीलाई जिब्रो छेडेर दर्शन गर्ने चलन परापूर्वकालदेखि नै चलिआएको बागेश्वरी मन्दिरका मूलपुरोहित चन्द्रनाथ योगीले जानकारी दिए ।

नवरात्रको व्रत बसेका व्रतालुहरू बडा दसैँको र चैते दसैँको नवमीको दिन मन्दिरमा आफ्नै जिब्रो तिखो धातुले (त्रिशुल) छेड्ने परम्परा रहेको र हरेक वर्ष करिब १५० बढि धर्मावलम्बीहरुले जिब्रो छेड्ने गरेको मूलपुरोहित योगीले जानकारी दिए ।

बाँके खजुरा गाउपालिका( ८ का ६५ वर्षीय राम खेलावनले अहिले ५० पटकभन्दा बढी आफ्नो जीवनकालमा जिब्रो छेडेर बागश्वरी मन्दिरको परिक्रमा गरेको बताए । उनले भने, ‘सानै उमेरदेखि जिब्रो छेडेर दर्शन गर्दै आएको छु । अहिलेसम्म ५० पटकभन्दा बढी भयो होला,’ उनले यसरी देवीको दर्शन गर्दा शक्ति प्राप्त भएको महसुस हुन्छ ।ु

पानको पात र फलामको तिखो त्रिशुलले जिब्रो छेडेर देवीको दर्शन गर्दा पीडा पनि नहुने र रगत पनि नदेखिने बाँके डुडुवा–६ हिमिनियाका ६० वर्षीय बर्मन लोनियाले बताए । उनले भने, ‘५० भन्दा बढी पटक मैले जिब्रो छेडेर देवीको दर्शन गरेको छु । रगत पनि बगेको छैन, न त मलाई कुनै पीडा नै भएको छ ।’

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.