समखबर संवाददाता


0 प्रतिक्रिया

988

एमालेद्धारा उम्मेदवार सिफारिस कार्य सुरु

४ वर्ष अगाडि
समखबर संवाददाता

1.2K

पोखराः नेकपा एमालेले स्थानीय निर्वाचनका लागि वडामा उम्मेदवारको सिफारिस सुरु गरेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको चार वडामा एमालेले सोमबार सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरेको छ ।

वडा नम्बर १ मा अनुप गुरुङ, वडा नम्बर २ मा केशकुमारी गुरुङ, वडा नम्बर ७ मा अम्बर गुरुङ र वडा नम्बर ८ मा कृष्ण दवाडीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । सबैको सिफारिस सर्वसम्मत रुपमा गरेको एमालेले जनाएको छ ।

बाँकी वडाहरूमा सर्वसम्मत हुन नसकेका कारण केही ढिला भएको छ । वडाध्यक्षमा निर्विरोध सिफारिस भएका अनुप र अम्बर नयाँ अनुहार हुन् भने दुई जना अहिलेकै जनप्रतिनिधि हुन् । वडा नम्बर २ मा अहिलेको महिला सदस्यलाई वडाध्यक्षको उम्मेदवार बनाएको छ ।

वडा नम्बर ८ बाट सिफारिस भएका दवाडी अहिले पनि वडाध्यक्ष छन् । बाँकी उम्मेदवारको टुंगो पनि आजै लगाउने दवाडीले बताए ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.