समखबर संवाददाता


0 प्रतिक्रिया

908

आफ्नो गाउँ, आफैं बनाउँ भन्ने नारा सहित एसपाले गरे घोषणापत्र जारी

४ वर्ष अगाडि
समखबर संवाददाता

1.1K


काठमाडौंः नेकपा (एकीकृत समाजवादी) ले सरकारले विभिन्न समयमा गरेका चर्चित ‘११ वटा कार्यक्रम’लाई पार्टी अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री र मन्त्री हुँदा भएको दाबी गरेको छ ।

आइतबार पारित भएको स्थानीय तह निर्वाचन घोषणापत्र-२०७९ मा एकीकृत समाजवादीले २७ वर्षअघि सञ्चालन भएको ‘आफ्नो गाउँ, आफैं बनाउँ’ अभियानको तयारी अध्यक्ष नेपालले गरेको उल्लेख छ ।

एकीकृत समाजवादी पार्टीले अभियानकै कारण हाल स्थानीय तहमा बजेट गएको र विकासमा नयाँ आयाम थपिएको दाबी गरेको छ ।

समाजवाद उन्मुख अर्थतन्त्रको आधारशीला तयार गर्न ‘गाउँ गाउँमा सहकारी, घरघरमा रोजगारी’ कार्यक्रम नेपाल नेतृत्वको सरकारले सञ्चालन गरेको दाबी पनि घोषणापत्रमा उल्लेख छ ।

यस्तै, गणतन्त्र स्थापनाका लागि नेपालले नेतृत्वदायी भूमिका निर्वाह गरेको विषय पनि घोषणापत्रमा समावेश छ ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.