समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

भक्तपुरमा मोटरसाइकल दुर्घटना, चार महिनाकी छोरीको मृत्यु, बुबा र आमा घाइते

४ वर्ष अगाडि
समखबर संवाददाता

1.5K

काठमाडौंः भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् ।

मृतक बालिकाका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी थिइन् ।

उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ ।

बुबा बुद्ध र आमा सुस्मिता तामाङको भने भक्तपुरको सल्लाघारीमा रहेको डा. इवामुरा अस्पतालमा उपचार भएको छ ।

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.