समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

नीमा एकेडेमी द्वारा जुनियर मेघामाइण्ड (डिजिटल बन्डल पाठ्यक्रम) सार्वजनिक

४ वर्ष अगाडि
समखबर संवाददाता

1.8K

काठमाण्डौंः नीमा एकेडेमी द्वारा दूर शिक्षा सँगको सहकार्यमा ल्याईएको डिजिटल बन्डल कोर्ष जुनियर मेगा माईण्ड (डिजिटल बन्डल पाठ्यक्रम) आइतवार काठमाण्डौंको होटेल हिमालय कुपन्डोलमा एक कार्यक्रममा सार्वजनिक गरिएको छ ।

नीमा एजुकेशन फाउन्डेसनका अध्यक्ष हरिमान प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यस्थापन विभागका डिन
प्रोफेसर डा. दिल्ली राज शर्मा, प्रमुख अतिथीको रुपमा रहेका थिए ।

कार्यक्रममा बोल्दै नीमा एकेडेमीका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत निश्चलमान प्रधानले भने यो जुनियर मेगामाईण्ड कार्यक्रमले स्टिमकोर्ष [STEAM COURSE] लाई साना वालवालिकाहरुमा सानैदेखीको अवधारणामा काम गर्ने र पछि विद्यार्थीहरु आफ्नो अभिरुचिको क्षेत्र पहिल्याएर अगाडी बढ्न सहज हुने कुरामा जोड दिए।

साथै दुरशिक्षाका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद पाण्डे पनि अबको विश्वले कोर्ष लागु गरिसकेको र नेपालले पनि गर्नु पर्ने , सानै उमेरमा विद्यार्थीहरुले जिवानौपयोगी सिपहरु स्कुले अवस्था सिक्नुको विकल्प नरहेको बताए ।

प्याप्सन का अध्यक्ष डी. के ढुंगाना डिजिटल रुपान्तरण अबको आवश्यकताका बारेमा बोल्दै कोभिड ले पनि ई-सिकाइमा हामीलाई धकेलेको कुरा स्मरण गराए यसैगरी एन प्याप्सनका सह-अध्यक्ष सुवाष न्यौपानेले पनि सम्बोधन गर्दै शिक्षालाई जीवन जगत र प्रबिधि तर्फ जोड्न पर्ने कुरामा निकै जोड दिए।

आई. टी. इनोभेसन सेन्टरका निर्देशक, त्रिभुवन विश्वविध्यालय तथा सल्लाहकार तथा नेपाल सरकार सूचना प्रविधि समितिका प्राध्यापक डा. सुबर्ण शाक्यले ई‘लर्निङ्ग नै अब को भविष्य हो र यसले कोभिडमा मात्रै नभएर भै परि आउदाका अवस्थाहरुमा र डिजिटल विश्वका लागि यो अबको टड्कारो आवश्यकता हो उनले भने ।

प्राध्यापक, विनोद जोशी, कार्यकारी निर्देशक, अन्तर्राष्ट्रिय सम्बन्ध, त्रिभुवन विश्वविध्यालय ले प्रबिधि मैत्री शिक्षालाई गाउँगाउँमा दूरदराजमा समेत सहजै पुर्याउन सके अझ नीमा एकेडेमी एपको प्रभावकारिता बढ्ने कुरा उद्रिद गर्दै शुभकामना मन्तब्य दिएका थिए।

प्राध्यापक, डाक्टर डिल्ली राज शर्मा, त्रिभुवन विश्वविद्यालय व्यस्थापन विभागका डिनले सफलताको शुभकामना दिदै पाठ्यक्रमलाई नै स्तासरुन्नती गर्नु पर्ने कुरामा जोड दिए ?

र अन्त्यमा बोल्दै नीमा एजुकेशन फाउन्डेसनका प्राज्ञिक निद्रेशक मोहन घिमिरे ले ४ वर्ष अगाडी नीमा एकेडेमी एप्लीकेशन को सुरुवाती दिनहरु स्मरण गराउंदै अबको परिवर्तन डिजिटल शिक्षा संगै भन्ने आशय दिदै उनले कार्यक्रमको बिट मारेका थिए। कार्यक्रममा शिक्षा सम्बद्ध विभिन्न व्याक्तित्वहरु, पत्रकार , शिक्षा क्षेत्रका विज्ञ र विभिन्न विद्यालय हरुका प्राधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति रहेको थियो ।

1.8K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.