समखबर संवाददाता


0 प्रतिक्रिया

1.9K

नेशनल दलित लयर्स फोरमको अध्यक्षमा अधिवक्ता मोहन साशंकर चयन

४ वर्ष अगाडि
समखबर संवाददाता

2.3K

काठमाडौंः नेशनल दलित लयर्स फोरमको दोस्रो सम्मेलनबाट अधिवक्ता तथा नेपाल बार एशोसियशनका केन्द्रीय सदस्य मोहन साशंकर अध्यक्षमा चयन भएका छन् । शुक्रबार राजधानीमा आयोजित दोस्रो सम्मेलनबाट उनको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति चयन भएको हो ।

फोरमको उपाध्यक्षहरुमा अधिवक्ता भोजमान लामगादे, बालमाया विश्वकर्मा, चक्रमान विश्वकर्मा चयन भएका छन् । महासचिवमा अधिवक्ता शैलेन्द्र अम्बेडकर, सचिवमा रामबादुर मिजार, सुन्दर बहादुर स्नेही, सरस्वति नेपाल चयन भएका छन् ।

कोषाध्यक्षमा बालमिकी आउजी चयन भएका छन् । त्यस्तै अन्य ८ जना अधिवक्ताहरु सदस्यमा चयन भएका छन् । अधिवक्ता नारायण नेपालसहित ६ जना भने सल्लाहाकार समितिमा चयन भएका छन् । सम्मेलनले १२ बुँदे घोषणा पत्र समेत जारी गरेको छ ।

2.3K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.