समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलको प्रस्ताव

४ वर्ष अगाडि
समखबर संवाददाता

1.4K


काठमाडौंः युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले नेपालका लागि अर्जेन्टिनी राजदूत डा. ह्युगो जाभियर गोवीलाई नेपाल र अर्जेन्टिनाबीच मैत्रीपूर्ण फुटबल खेलको प्रस्ताव गरेका छन् । मंगलबार भएको शिष्टाचार भेटवार्ताका क्रममा मन्त्री गहतराजले उनलाई यस्तो प्रस्ताव गरेका हुन् ।

राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र बुझाउन नेपाल आएका राजदूत गोवीले मंगलबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालय पुगेर मन्त्री गहतराजसँग भेटवार्ता गरेका हुन् ।

भेटका क्रममा मन्त्री र राजदूतबीच दुई देशबीचको पारस्परिक सम्बन्ध तथा खेल क्षेत्रको समग्र विकासका बारेमा छलफल भएको थियो ।

दुई देशबीच हुने मैत्रीपूर्ण खेलबाट दुई देशको सम्बन्ध अझै प्रगाढ हुने आशा व्यक्त गर्दै मन्त्री गहतराजले राजदूत गोवीमार्फत अर्जेन्टिनाका फुटबल खेलाडीलाई नेपाल भ्रमणको निम्तासमेत दिएका हुन् ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.