
समखबर संवाददाता
भक्तपुरः बिस्केट जात्राको क्रममा बुधबार दिउँंसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (नेपाल भाषामा ल्योसिंद्यो) ठडाइएको छ । प्रत्येक वर्ष वर्षको अन्तिम दिन दिउँंसो लिंगो उठाउने गरिन्छ ।
स्थानीय टोलबासीले डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ ।
बिस्केट जात्राको चौथो दिन लिंगो उठाइन्छ । जात्रा चैत २७ देखि सुरु भएको थियो । पाँंचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो । भक्तपुरको बिस्केट जात्रा ८ रात ९ दिन लामो हुने गर्दछ । जात्रा ५ वैशाखमा सकिन्छ ।
समखबर संवाददाता 

