
समखबर संवाददाता
पाँच दलीय सत्ता गठबन्धनबाट बाबुराजा बज्राचार्य ललितपुरको उपमेयरका उम्मेदवार हुने निश्चित भएको छ ।
गठबन्धनले ललितपुर महानगरको मेयर कांग्रेसले लिने र उपमेयर माओवादी केन्द्रले लिने सहमति भएपछि उपमेयरमा नेकपा माओवादी केन्द्रले बज्राचार्यलाई अगाडि सारेको हो ।
ललितपुरका माओवादी केन्द्रका नेताहरुका अनुसार अन्य आकांक्षीहरु पछाडि हटेपछि बज्रचार्य सर्वसम्मत रुपमा पार्टीबाट उपमेयरको उम्मेदवार हुने निश्चित भएको जनाएको छ ।
समखबर संवाददाता 

