
समखबर संवाददाता
माक्सवादी लेखक डा. ऋषि बरालद्धारा लिखित पुस्तक सार्वभौम माओवाद र उत्तर (माक्सवादी विभ्रम ) पुस्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार अनामनगर स्थित सम्वाद डबलीमा आयोजित कार्यक्रममा वक्ताहरुमा नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरण नेकपाका सचिवालय सदस्य हेमन्तप्रसाद वली सुदर्शन, माक्सवादी लेखक एवम् चिन्तक रोशन जनकपुरी थिए ।
पुस्तक मूलतः जानकारी मूलक भएको र हरेक माओवादीले पढ्नै पर्ने कुरा रोशन जनकपुरीले बताए ।
माक्सवादी विभ्रमको व्याख्यामा हाम्रो पाटीको लाइन माथि पनि प्रश्न गरिएको र प्रश्नलाई स्वाभाविक रुपमा लिएको बारे हेमन्तप्रसाद वली सुदर्शनले बताए ।
अध्ययन जानकारीको हिसाबले यो पुस्तक महत्त्वपूर्ण रहेको र यसले नयाँ गर्ने नाममा विश्वमा भईरहेको नवमाक्सवाद, संशोधनवादको विरुद्धमा पनि प्रहार गरेको छ । यसले माओवादको औचित्यलाई अझ सहज र सार्थक ढंगले प्रस्तुत गर्ने कुरा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले उल्लेख गरे।
उक्त पुस्तकको बारेमा वक्ताहरुले आलोचना र प्रशंसा दुबै गरेका थिए।
समखबर संवाददाता 

