समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

धनुषामा कार दुर्घटनाः १ मृत्यु, ३ घाइते

४ वर्ष अगाडि
धनुषा
समखबर संवाददाता

1.5K

धनुषामा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट जनकपुर तर्फ जाँदै गरेको भारतिय नम्बरको कार गएराती सवा ११ बजे अनियन्त्रीत भई धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेको स्थानिय प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागी जनकपुर स्थित प्रादेशिक अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये गोलुको अवस्था गम्भीर रहेको छ ।

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *