समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

उमेद्धवारी दर्ताको क्रम जारी, क्रान्तिकारी माओवादी निर्वाचन बहिष्कार अभियानमा केन्द्रित

४ वर्ष अगाडि
काठमाडौँ
समखबर संवाददाता

1.4K

देशैभरि विभिन्न पार्टी स्थानीय तहको निर्वाचनको लागि उमेद्धवारी दर्ता गराउन व्यस्त रहँदा यता नेकपा (क्रान्तिकारी माओवादी) पार्टी भने निर्वाचन बहिष्कार अभियानमा केन्द्रित रहेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन जनताको हकहितको लागि नहुने भन्दै यतिबेला क्रान्तिकारी माओवादी पार्टी निर्वाचन बहिष्कारमा लागेको हो ।

गत फागुन २८ गते देखि चैत १ गते सम्म बसेको केन्द्रिय समिति बैठकले स्थानीय तहको निर्वाचन सशक्त ढंगले बहिष्कार गर्ने निर्णय गरेको थियो । उक्त पार्टीले देशैभरि स्थानीय तहको निर्वाचन कार्यक्रम बहिष्कार अभियान सञ्चालन गर्दै आइरहेको छ । स्थानीय तहको निर्वाचन बहिष्कार गरौँ भन्ने आशयका भित्ते लेखन, पोष्टर, पम्प्लेट, टाँस गर्दै पर्चा वितरण गरि निर्वाचन विरोधी जनमत बढाउन केन्द्रित रहेका छन् ।

स्थानीय तहको निर्वाचन बहिष्कार कार्यक्रममा केन्द्रित पार्टीका नेता कार्यकर्ताहरु विभिन्न जिल्लाबाट गिरफ्तारमा समेत परेका छन् ।

विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले समेत पार्टीको राष्ट्रिय भेला गरि आसन्न स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको थियो ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन यहि वैशााख ३० गते गर्ने निर्णय गरेको हो ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *