समखबर संवाददाता


0 प्रतिक्रिया

632

बालकोटमा २५ लाख भन्दा बढीको गहना चोरी,

४ वर्ष अगाडि
भक्तपुर
समखबर संवाददाता

790


बालकोटमा सुन तथा चाँदीको गहना चोरी भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटमा अधिकारी टोल बस्ने ३३ वर्षीय किरण राज उप्रेतीको घरबाट आइतबार साँझ सुन तथा चाँदीको गहना चोरी भएको छ ।

करिब २५ लाख ८८ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीको गहना चोरी भएको प्रहरीले जनाएको छ ।

गहना चोरी भएको खबर प्राप्त हुनासाथ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

790

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.