समखबर संवाददाता


0 प्रतिक्रिया

864

एमालेबाट धनगढीको मेयरमा चन्द र उपमेयरमा रानाद्धारा उम्मेदवारी दर्ता

४ वर्ष अगाडि
धनगढी
समखबर संवाददाता

1.1K

नेकपा एमालेबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उपमेयरमा नन्दकला रानाले उम्मेदवारी दिएका छन् । मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवाी दर्ता गराएका हुन् ।

यसैगरी, उपमेयरका आकांक्षी रानाले लक्ष्मी केसीको प्रस्ताव र कोइलीदेवी चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

उम्मेदवारी मनोनयनका क्रममा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनि राना, प्रदेश सचिव धर्मराज पाठक लगायतको सहभागिता रहेको छ ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.