
समखबर संवाददाता
नेकपा (क्रान्तिकारी माअेवादी) का महासचिव मोहन वैद्य किरणले संसदिय व्यवस्था अन्र्तगतका स्थानिय निर्वाचनले जनताको समस्या सम्बोधन गर्न नसक्ने जीकीर गरेका छन् ।
स्थानीय चुनाब उपयोगको खास अर्थ नभएको क्रान्तिकारी माओवादीको भनाई रहेको समखबरसगको अन्तर्वार्ता मार्फत नेता वैद्यले भनेका छन् । अन्तर्वार्तामा उनले चुनावको विषय तत्कालिन विषय हो र तत्कालको परिवेशलाई हेरेर निर्णय लिनुपर्ने हुन्छ ,यो जनताको हितमा छैन यसले चुनावको नाममा पैसाको खोलो बगाउने काम मात्र गर्छ , लगायत कुराहरुलाई लिएर नै हामीले यसको बहिष्करण नीति अपनाएका हौँ भनेका छन् ।
यद्यपि भौतिक परिस्थितिले माग गरेको खण्डमा दिर्घकालीन जनयुद्ध पनि छेड्नुपर्ने हुन्छ ,तर त्यसलाई विज्ञान प्रविधिले विकसित तुल्याउनुपर्छ । तात्कालिन हिसाबले भने नहुने भएकोले आउने निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका बताएका छन् । त्यसैले निर्वाचन बहिष्करण आन्दोलन प्रकृयामा पार्टी लागि रहेको समेत अन्तवार्तामा भनेका छन् ।
प्रतिक्रियावादी व्यवस्था ढाल्नका लागी अहिलेको परिस्थितिमा संघर्षको मोडल सशस्त्र जनविद्रोह नै हो र पार्टी त्यसको तयारी पनि गर्दै रहेको जानकारी समेत दिएका छन् ।
पुरा अन्तवार्ता भिडियो मार्फत :
समखबर संवाददाता 

