समखबर संवाददाता


0 प्रतिक्रिया

1.1K

क्रान्तिकारी माओवादी जिल्ला सदरमुकाममै चुनाव बहिष्कार कार्यक्रम

४ वर्ष अगाडि
नवलपरासी
समखबर संवाददाता

1.4K


मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) पार्टीले पश्चिम नवलपरासीका १२ स्थानमा स्थानीय निर्वाचन बहिष्कार आह्वान गर्दै कोण सभा गरेको छ । उक्त पार्टीले सात वटै पालिकामा स्थानीय निर्वाचन बहिष्कार आह्वान गर्दै कोण सभा गरेको हो ।

सुनवल नगरपालिकाको अस्नैया र सुनवल चोक, बर्दघाटको मुख्य बजार , जिमिरेभार , कुकुरमारा, केरावारी र भटौलियाँ, रामग्राम नगरपालिकाको बुद्धचोक , सुस्ता गाउँपालिकाको बरुवा र कुडिया र फेनहरा प्रतापपुर गाउँपालिका गोपीगंज बजार , पाल्हीनन्दनको बेलाशपुर र सरावल गाउँपालिकामा समेत सभा गरेको अभियानका नेतृत्वकर्ता क्रान्तिकारी माओवादी पोलिटब्युरो सदस्य धनेश्वर पोखरेलले बताए ।

त्यस्तै सोमवार भटौलियाँ, सदरमुकाम परासी र बेलाशपुरमा कोण सभा गरिएको थियो । परासीमा आयोजित कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीसले भष्ट्र दलाल संसदीय व्यवस्थाको बिकल्पमा संघीय जनगणतन्त्र रहेको उल्लेख गर्दै दलाल पार्टी र व्यक्तिलाई भोट दिएर भष्ट्राचार गर्ने इजाजत पत्र दिन नहुने बताए । कार्यक्रममा स्थायी समिति सदस्य श्रीसले संसदीय व्यवस्था असफल हुदैँ गएको र संसदीय पार्टीहरु भष्ट्र दलाल हुदैं गएको बेला स्थानीय तहका निर्वाचनको औचित्य नभएको समेत बताए ।

त्यस्तै, क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य धनेश्वर पोखरेलले दलालहरुलाई भोट दिएर मजदु्र किसान तथा कुनै वर्गको हित नहुने बताए ।बेलाशपुरको कोणसभामा क्रान्तिकारी माओवादीका पोलिटब्युरो सदस्य धनेश्वर पोखरेल र भटौलियामा जिल्ला सचिवालय सदस्य तथा बर्दघाट नगर सेक्रेटरी रामचन्द्र पोखरेलले सम्बोधन गरेको क्रान्तिकारी माओवादीले जनाएको छ । लुम्बिनी प्रदेश समितिको पुर्वी कमाण्डको उक्त अभियान टोली सोमवारबाट रुपन्देही प्रवेश गरेको जनाइएको छ ।

1.4K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.