
समखबर संवाददाता
साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार (नेप्से) मा १५ दशमलव २ अंकको गिरावट भइ २ हजार ३ सय ७१ मा कारोबार बन्द भएको छ । सेयर कारोबारसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
आज १ अर्ब ४ करोड बराबरको कारोबार भएको छ । यो कारोबार यस वर्षको सबैभन्दा कम कारोबार पनि हो । यसरी बजार घट्ने क्रममा कारोबार रकममा कमी आउनु लगानीकर्ता यो मूल्यभन्दा तल सेयर बेच्न तयार छैनन् भनेर बुझिन्छ। आज २ सय २८ वटा कम्पनीको २५ हजार ७ सय ६६ वटा कारोबार हुँदा जम्मा १ अर्ब बराबरको कारोबार भएको छ । मंगलबार २ सय २८ कम्पनीमध्ये १ सय ६५ कम्पनीका सेयरधनीले गुमाएका छन् भने ५७ कम्पनीका सेयरधनीले कमाएका छन् ।
आज अत्याधिक कमाउनेमध्ये धेरैजसो लघुवित्त कम्पनीका छन् । जसमध्ये जाल्पा लघुवित्तले भने सर्किट लेबलमा कारोबार गर्न सफल भएर अन्तिम कारोबार ९ सय ४४ दशमलव ४ रुपैयाँमा कारोबार गर्न सफल भएको छ।
यसैगरी, ५२ रुपैयाँ बढेर किसान लघुवित्त १ हजार ३ सय ४७ स्पैयाँमा, २६ दशमलब ७ रुपैयाँ बढेर ११९२ रुपैयाँमा, र साधारण लघुवित्त ४६ रुपैयाँ बढेर १२ सय २८ मा अन्तिम कारोबार भएको छ । सबै उपसमूह आज रातो हुँदा म्यानूफेक्चर इन्डेक्स भने सून्य दशमलव २९ प्रतिशतले बढेको छ ।
अत्याधिक गुमाउनेमध्ये हिमालयन पावर २४ रुपैयाँ घटेर ४ सय २० मा, मल्टीपर्पस फाइनन्स १८ रुपैयाँ घटेर ३ सय ४० मा, यूनाइटेड इद मार्दी ३६ अंक घटेर ८ सय ५९ मा, महुली लघुवित्त ५० रुपैयाँ घटेर १२ सया ९० मा र सामुदायिक लघुवित्त ४६ रुपैयाँ घटेर १३ सय १० मा अन्तिम कारोबार भएको छ।
सर्वाधिक कारोबर हुनेमध्ये सिद्धर्थ बैंकको चार करोड २१ लाख बराबरको, अपीपाबर चार करोड ६ लाख बराबरको र नेस्डो लघुवित्त तीन करोड पाँच लाख बराबरको कारोबार भएको छ ।
समखबर संवाददाता 

