
समखबर संवाददाता
नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका नेता, कार्यकता एवं सबै भातृ तथा शुभेच्छुक संगठनमा आवद्धलाई दत्तचित्त भएर पार्टीभित्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन आग्रह गरेका छन्।
उनले आज विज्ञप्ति जारी गर्दै यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा सबै मिलेर काँग्रेसलाई विजयी बनाउने अभियानमा जुट्न आह्वान गरेका हुन्। निर्वाचनको सकारात्मक परिणामले प्रदेश र संघीय निर्वाचनमा जितको आधार निर्माण गर्न सहज हुने उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
‘काँग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरूलाई म विश्वस्त पार्न चाहन्छु। निःसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टि छातीभित्र राखी काँग्रेसको विजयी अभियानमा होमिने छौं। साथीहरूबाट पनि म यही अपेक्षा गर्दछु,’ कोइरालाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
समखबर संवाददाता 

