समखबर संवाददाता


0 प्रतिक्रिया

860

महिला दलित सदस्यमा २३ हजार बढीको मनोनयन दर्ता

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.1K


स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि (जाँचबुझ) छानबिन थाल्ने भएको छ ।आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त उजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिएका छन् ।

आयोगले बिहीबार उम्मेदवारको नामावली प्रकाशन गर्ने तयारी गरेको छ । १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ । आयोगका अनुसार १७ गते मात्रै उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने छ ।

७ सय ५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन साढे १ लाखले उम्मेदवारी दिएका छन् भने देशभरका २ सय ९३ नगरप्रमुखमा ३ हजार ४ सय ६७ जनाको उम्मेद्ववारी परेको छ । उपप्रमुखमा २ हजार १ सय ३५ उम्मेद्‍वारी परेको छ ।

६ हजार ७ सय ४३ वडामा ३४ हजार ९ सय ३९ जनाले उम्मेद्‍वारी दिएका छन् । ६हजार ७ सय ४३ वडामा एउटा महिला वडा सदस्य र एकजना दलित महिला सदस्य रहन्छन् । महिला सदस्यमा २६ हजार ५७ जनाको मनोनयन परेको छ ।

महिला दलित सदस्यमा २३ हजार ४ सय ६१ जनाको मात्रै मनोनयन परेको छ । स्थानीय तहका पदको तुलनामा सबैभन्दा कम अनुपातमा उम्मेद्‍वारी परेको यही पद हो ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.