समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

उम्मेदवारलाई मनोनयन फिर्ता लिन कांग्रेस सभापति देउवाको अपिल

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.7K

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएकालाई मनोनयन फिर्ता लिन आह्वान गरेका छन् ।

सभापति देउवाले बिहीबार अपिल जारी गर्दै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र रुपमा मनोनयन दर्ता गरेकालाई शुक्रबार बेलुका ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन आह्वान गरेका हुन् ।

देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफुले दर्ता गरेको उम्मेदवारी फिर्ता लिन सभापति देउवाले आग्रह गरेका हुन् ।

‘देशभरका स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष र वडा अध्यक्ष, सदस्य पदमा पार्टीका आधिकारिक उम्मेदवारका विरूद्ध स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएका पार्टीका साथीहरूले देश, लोकतन्त्र र पार्टीको हितमा मुलुकको वर्तमान अवस्था र भावी परिस्थितिको समेत आंकलन गरी आ–आफुले दर्ता गराउनु भएको स्वतन्त्र उम्मेदवारी निर्वाचन आयोगले तोकेको समय (२०७९ वैशाख १६ गते बेलुकी ५:०० बजेभित्र) सम्बन्धित तहको निर्वाचन अधिकृतको कार्यालयमा गई फिर्ता लिई दिनु हुन र पार्टीका आधिकारिक उम्मेदवार र गठबन्धनमा रहेका दलका उम्मेदवारलाई विजयी बनाउन सम्पूर्ण सक्रियताका लागि हार्दिक अपिल गर्दछु,’ देउवाले भनेका छन् ।

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *