समखबर संवाददाता


0 प्रतिक्रिया

736

बेलायती संसदका एक सदस्यमाथि लाग्यो अश्लील सामाग्री हेरेको आरोप !

४ वर्ष अगाडि
लन्डन
समखबर संवाददाता

920

बेलायती संसदका एक सदस्यमाथि बेलायतको हाउस अफ कमन्समा बसेर अश्लील सामाग्री हेरेको आरोप लागेको छ । एक बैठकमा ती सांसदमाथि उक्त आरोप लगाइएको हो । सांसदको नाम सार्वजनिक गरिएको छैन् ।

ती सांसदको पछाडि बस्ने एक महिला मन्त्रीले सांसदले अश्लील सामाग्री हेरेको आरोप लगाएकी छिन् । गत साता एउटा समितिको बैठकमा उक्त घटना भएको दी टाइम्सले जनाएको छ ।

ती सांसदले अर्को फरक समयमा पनि अश्लिल सामाग्री हेरेको आफूले पाएको तर तस्बीर खिच्न नसकेको अर्की सांसदले गुनासो गरेकी छिन् ।

सो घटनाबाट बैठकमा उपस्थित धेरै सांसदहरू स्तब्ध भएको र व्यावसायिक ठाउँमा यस्तो हुन सक्छ भनेर विश्वास गर्न नसकेको कन्जरभेटिभ सांसद पाउलिन लाथमले बताइन् ।

920

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.