
समखबर संवाददाता
सिरहाका तीन स्थानीय तहमा उपमेयर पदका लागि दलित महिलाले उम्मेदवारी दिएकी छन्। गोलबजार नगरपालिकामा नेपाली काँग्रेसबाट शान्ति सदा, सिरहा नगरपालिकामा जनता समाजवादी पार्टी (जसपा) बाट शशिमित्रा माझी मुसहर र कर्जन्हा नगरपालिकामा नेकपा एमालेको तर्फबाट निर्मला पासवानले उम्मेदवारी दिएकी हुन् ।
स्थानीय तहको निर्वाचनमा प्रायः दलित महिला वडा सदस्यसम्म उम्मेदवार बनाइने मुसहर समुदायका दुई जना महिलाले उपमेयरको पदमा उम्मेदवारी दिनु पनि मुहसर समुदायमा राजनीतिक जागरण बढ्दै गएको संकेत रहेको राजनीति कर्मीहरु बताउँछन्।
सर्लाहीको चन्द्रनगर माइती भई सिरहाको मखनाहा विवाह भएकी मुसहर स्टाफ नर्स हुन् । चिकित्सक श्रीमान डा. दिलिप सदालाई सघाउँदै जनता समाजवादी पार्टीको राजनीतिक सकृय रहेकी उनी पार्टीको सिरहा नगर समिति र महिलाको प्रदेश समितिको जिम्मेबारीमा समेत रहेकी छन्।
जिल्लाको पश्चिमी भेगमा पर्ने कर्जन्हा नगरपालिकामा नेकपा (एमाले) ले दलित महिला संघकी पूर्व अध्यक्ष तथा दलित महिला अधिकारकर्मी निर्मला पासवानलाई उपमेयर उम्मेदवार बनाएको छ। पासवानसँगै सिरहामा तीन स्थानीय तहमा दुई मुसहर सहित दलित समुदायका तीन जना उम्मेदवार बनेका छन्।
समखबर संवाददाता 

