समखबर संवाददाता


0 प्रतिक्रिया

1.4K

स्थानीय तह निर्वाचनमा महिला सहभागिताः एमाले ४१.७९ प्रतिशत, कांग्रेस ४०.९९ प्रतिशत, माओवादी ४०.२९ प्रतिशत

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.7K

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा स्वतन्त्र र विभिन्न दलको तर्फबाट उम्मेदवारी दिनेमध्ये ३७.८३ प्रतिशत महिला रहेका छन् ।

निर्वाचन आयोगको तथ्याङ्क अनुसार स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिने १ लाख ५३ हजार २ सय २० जनामध्ये ५७ हजार ९ सय ६७ जना महिला रहेका छन् ।

स्थानीय निर्वाचनमा सबैभन्दा बढी महिला उम्मेदवार नेकपा (एमाले)ले उठाएको छ । एमालेको तर्फबाट उम्मेदवारी दिने ३३ हजार ५ सय ३ जनामध्ये १४ हजार ४ जना (४१.७९ प्रतिशत) महिला रहेका छन् ।

एमालेले प्रमुख पदमा २७, अध्यक्षमा २८, उपप्रमुखमा २६०, उपाध्यक्षमा ४ सय १०, वडाध्यक्षमा १ सय १८, महिला सदस्यमा ६ हजार ४ सय ११, दलित महिला सदस्यमा ६ हजार २ सय ९ र सदस्यमा ५ सय ४१ जना महिलालाई उम्मेदवार बनाएको छ ।

स्थानीय निर्वाचनमा महिला उम्मेदवारको दोस्रो ठूलो संख्या नेपाली कांग्रेसमा रहेको छ । कांग्रेसको तर्फबाट उम्मेदवारी दिने कूल ३१ हजार ४ सय २५ जनामध्ये १२ हजार ८ सय ८२ जना (४०.९९ प्रतिशत) महिला रहेका छन् ।

कांग्रेसको तर्फबाट प्रमुखमा १२, अध्यक्षमा १९, उपप्रमुखमा १ सय ८२, उपाध्यक्षमा २ सय ९३, वडाध्यक्षमा ८०, महिला सदस्यमा ६ हजार ९२, दलित महिला सदस्यमा ५ हजार ८ सय २८ र सदस्यमा ३ सय ७६ जना महिलाले उम्मेदवारी दिएका छन् ।

महिला उम्मेदवारमा तेस्रो ठूलो संख्या नेकपा (माओवादी केन्द्र)को रहेको छ । स्थानीय निर्वाचनमा माओवादीको तर्फबाट कूल २२ हजार २ सय ७९ जनाले उम्मेदवारी दिएका छन्, जसमध्ये ८ हजार ९ सय ७७ जना (४०.२९ प्रतिशत) महिला रहेका छन् ।

माओवादीले प्रमुखमा १८, अध्यक्षमा २९, उपप्रमुखमा १ सय ३३, उपाध्यक्षमा २ सय ३, वडाध्यक्षमा ९२, महिला सदस्यमा ४ हजार १ सय ८७, दलित महिला सदस्यमा ३ हजार ९ सय १८ र सदस्यमा ३ सय ९७ जना महिला उम्मेदवार उठाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यसपटकको स्थानीय निर्वाचनमा कूल १२ हजार ७ सय ५२ जना उम्मेदवार उठाएको छ । उठाएकोमध्ये ४ हजार ६ सय ८ जना (३६.१३ प्रतिशत) महिला उम्मेदवार रहेका छन् ।

राप्रपाले प्रमुखमा २७, अध्यक्षमा १५, उपप्रमुखमा १ सय ९९, उपाध्यक्षमा १ सय ८५, वडाध्यक्षमा १ सय २२, मलिहा सदस्यमा २ हजार १ सय ४३, दलित महिला सदस्यमा १ हजार ६ सय ८२ र सदस्यमा २ सय ३५ जना महिलालाई उम्मेदवारी बनाएको छ ।

नेकपा (एकीकृत समाजवादी)ले वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा उठाएका कूल ११ हजार ३ सय ३० उम्मेदवारमध्ये ४ हजार २ सय ६७ जना (३७.६६ प्रतिशत) महिला रहेका छन् ।

एकीकृत समाजवादीले प्रमुखमा २३, अध्यक्षमा १२, उपप्रमुखमा १ सय ७, उपाध्यक्षमा १ सय १२, वडाध्यक्षमा ७२, महिला सदस्यमा २ हजार २७, दलित महिला सदस्यमा १ हजार ६ सय २७ र सदस्यमा २ सय ८७ जना महिलालाई उम्मेदवार बनाएको छ ।

जनता समाजवादी पार्टी (जसपा), नेपालको तर्फबाट उम्मेदवारी दिने ९ हजार ४ सय ८१ जनामध्ये ३ हजार ६ सय ७१ जना (३८.७१ प्रतिशत) महिला रहेका छन् । जसपाले प्रमुखमा १५, अध्यक्षमा १०, उपप्रमुखमा १ सय १०, उपाध्यक्षमा १ सय ३१, वडाध्यक्षमा ६२, महिला सदस्यमा १ हजार ७००, दलित महिला सदस्यमा १ हजार ४ सय ९८ र सदस्यमा १ सय ४५ जना महिला उठाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको तर्फबाट यसपटकको स्थानीय तह निर्वाचनमा ४ हजार ७ सय ६१ जना उम्मेदवार उठाएको छ जसमध्ये १ हजार ९ सय ३२ जना (४०.५७ प्रतिशत) महिला रहेका छन् ।

लोसपाले प्रमुखमा ५, अध्यक्षमा ३, उपप्रमुखमा ७३, उपाध्यक्षमा ५४, वडाध्यक्षमा ३७, महिला सदस्यमा ८सय ६४, दलित महिला सदस्यमा ८०० र सदस्यमा ९६ जना महिलालाई उम्मेदवार बनाएको छ ।

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.