समखबर संवाददाता


0 प्रतिक्रिया

748

सरकारले पछिल्लो नौ महिनामा कति खर्च गरे त ?

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

935

चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ९ महिनामा सरकारले ७ खर्ब ९४ अर्ब २५ करोड ६० लाख रुपैयाँ खर्च गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार सरकारले पछिल्लो ९ महिनामा खर्च गरेको उक्त रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिमा खर्च गरेकोभन्दा १५.०३ प्रतिशतले बढी हो ।

यस वर्ष सरकारको चालु खर्च ६ खर्ब २५ अर्ब ५० करोड ८ लाख रुपैयाँ रहेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८.६८ प्रतिशतले बढि हो ।

पछिल्लो ९ महिनामा सरकारको पूँजीगत खर्च १ खर्ब ३ अर्ब ७८ करोड ९६ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १.९४ प्रतिशतले कम हो ।

बितेका ९ महिनामा वित्तीय व्यवस्था ६४ अर्ब ९६ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

सरकारले चालु आर्थिक वर्षको लागि कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । सरकारले चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि बजेटमा विनियोजन गरिएकोमध्ये आधा रकम पनि खर्च गर्न सकेको छैन ।

935

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.