समखबर संवाददाता


0 प्रतिक्रिया

832

गल्कोट स्पोर्टस् क्लबलाई हराउँदै विजेता बने त्रिभुवन आर्मी क्लबको पुरुष टिम

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1K

गल्कोट स्पोर्टस् क्लबलाई सोझो सेटमा हराउँदै त्रिभुवन आर्मी क्लबको पुरुष टिमले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिगमा शतप्रतिशत जित यात्रालाई निरन्तरता दिएको छ ।

मंगलबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भएको दिनको दोस्रो खेलमा आर्मीले गल्कोटलाई २५–१२, २५–११, २५–२२ को सोझो सेटमा हरायो ।

आर्मीले पहिलो खेलमा एपीएफ क्लबलाई र दोस्रो खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराएको थियो । शतप्रतिशत नतिजा निकालेको आर्मीले ९ अंक बनाएको छ ।

यता, गल्कोट पहिलो खेलमा पुलिससँग सोझो सेटमा र दोस्रो खेलमा एपीएफसँग ३–१ को सेटमा पराजित भएको थियो ।

1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.