
समखबर संवाददाता
एक दिवसीय अभ्यास खेलमा नेपालले जिम्बाब्बे ए लाई १ सय ३७ रनको लक्ष्य दिएको छ । कीर्तुपुरमा पहिले ब्याटिङ गरेको नेपालले ३२ औँ ओभरमा १ सय ३६ रन बनाउँदै अलआउट भएपछि जिम्बाबे ए ले सामान्य लक्ष्य पाएको हो ।
नेपालका सोमपाल कामीले सवाधिक ३० रन, करण केसीले २५ , कुशल भुर्तेलले १९, दिपेन्द्रसिंह ऐरीले १८ र आशफि शेख र आरिफ शेखले ५(५ रन जोडे । यस्तै सन्दीप लामिछानेले ४ तथा मोहम्मद आदिल आलमले २ रन जोडे भने सागर ढकाल १ रनमा नटआउट रहे भने सुशन भारीले रन जोड्न सकेनन् ।
जम्बिाबेका ब्राड इभान्सले ४ विकेट लिए।
समखबर संवाददाता 

