समखबर संवाददाता


0 प्रतिक्रिया

976

एमालेले माने पनि नमाने पनि नागरिकताको समस्या समाधान गर्नेछौः प्रचण्ड

४ वर्ष अगाडि
धनुषा
समखबर संवाददाता

1.2K

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब नागरिकताको समस्या समाधान हुने बताएका छन् । आज धनुषाको मिथिला नगरपालिकास्थित ढल्केबरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, “एमालेले नै संसद् चल्न दिएको छैन । संसद्मा बहस हुन दिएको छैन । त्यसैले नागरिकताको समस्या समाधान गर्न ढिला भइरहेको छ । तर अब सदन खुल्नेबित्तिकै सबैभन्दा पहिले एमालेले माने पनि नमाने पनि नागरिकताको समस्या समाधान गर्नेछौ ।”

उनले अदालतले अध्यादेश ल्याएर हैन संसद्को अधिवेशन भित्रैबाट छलफल गरेर नागरिकताको समस्या हल गर्न भनेको हुँदा अध्यादेश ल्याएर यसलाई समाधान गर्न नसकिएको स्पष्ट पारे ।

1.2K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.