समखबर संवाददाता


0 प्रतिक्रिया

856

कांग्रेसमाथि ओलीको प्रहार, २७ वर्ष सरकार चलाउँदा केही गरेन

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.1K

एमाले अध्यक्ष केपी ओली नेपाली कांग्रेसमाथि खनिएका छन् । उनले कांग्रेस लामो समय सरकारमा रहँदा पनि देश र जनताका लागि केही गर्न नसकेको आरोप लगाएका छन् ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कांग्रेस अहिलेसम्म २७ वर्ष सरकारमा रहेको बताए । कांग्रेसले २० वर्ष आफ्नै नेतृत्वमा एकल सरकार चलाएको बेला पनि जनताका लागि केही गर्न नसकेको उनको आरोप छ ।

‘सुशासन र विकासको मार्गमा तीव्र गतिमा अघि बढिरहेको देशलाई व्यवधान खडा गरेर यथास्थितिमा राख्न र पछाडि फर्काउनका लागि राष्ट्रियता, लोकतन्त्र र जनताप्रतिको कर्तव्य बोधमा कमजोर रहेका तत्वहरूलाई खोज्ने र त्यस्ताको साथ, सहयोग लिएर राजनीतिक र देशहितका सम्बन्धमा उल्टो बाटो समात्ने काम गर्‍यो,’ ओलीले भने ।

स्वर्ग जस्तो देशलाई विकास गर्नुभन्दा कांग्रेसले संसारकै गरिब देश बनाएको बताए । कांग्रेसले एमालेसँग कहिल्यै सहकार्य गर्न नचाहेको उनको आरोप छ । ‘कांग्रेस बरू राणासँग घाँटी जोड्न तयार भयो । दक्षिणपन्थीहरूसँग घाँटी जोडेर सरकार चलाइरहेको छ । उसलाई लज्जाबोध हुँदैन । तर, हामी जनताभन्दा ठूला कोही छैन भन्नेमा हुन्छौं तसर्थ, हामी जनताको बीचमा रहन्छौं,’ ओलीले भने ।

कांग्रेसलाई मतदान गर्ने धारणा बनाइरहेका मतदातालाई सूर्य चिन्हमा मतदान गर्न ओलीले आग्रह समेत गरे । ‘जनताको विश्वास दिलाउनको लागि गठबन्धन चाहिँदैन । कांग्रेसलाई मतदान गर्ने धारणा बनाइरहनु भएका मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आह्वान गर्दछौं,’ ओलीले भने । उनले नयाँ मतदातालाई समेत जीवनको पहिलो मतदान सूर्य चिन्हमा मतदान गर्न आग्रह गरे ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.