समखबर संवाददाता


0 प्रतिक्रिया

900

अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग

४ वर्ष अगाडि
चितवन
समखबर संवाददाता

1.1K

नेपाली कांग्रेस चितवनले कांग्रेस बागमती प्रदेश प्रतिनिधि अनिल परियारको हत्यामा संलग्नलाई पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेको छ ।

कांग्रेस चितवन सभापति राजेश्वर खनालले सोमबार विज्ञप्ति निकालेर आइतबार राति करिब साढे ७ बजे भरतपुर–७ कृष्णखेल मैदान नजिक अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मृत्यु भएका परियारको हत्यामा संलग्न दोषीलाई पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् ।

परियारको हत्या घटनाप्रति कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण भएको भन्दै खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेस बागमती प्रदेश प्रतिनिधि श्री अनिल परियारको मिति २०७९ बैशाख २५ गते साँझ अन्दाजी ७:३० बजे भरतपुर महानगरपालिका वडा नं ७ कृष्णपुर खेल मैदान नजिक अज्ञात समूहबाट धारिलो हतियार प्रहार गरी हत्या गरिएको घटनाप्रति नेपाली कांग्रेस चितवनको गम्भिर ध्यानाकर्षण भएको छ ।’

निर्वाचनको प्रचारप्रसारका बेला परियारमाथि भएको सुनियोजित सांघातिक आक्रमणले स्तब्ध बनाएको भन्दै कांग्रेसले घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

‘निर्वाचनको प्रचारप्रसारको सिलसिलामा खटिरहेका एक युवा व्यक्तित्व माथी सुनियोजित तरिकाले साङ्घातिक आक्रमण गरि निर्मम तरिकाले हत्या भएको घटनाले नेपाली कांग्रेस चितवनलाई स्तब्ध एवम् मर्माहित तुल्याएको छ । उक्त घटनाप्रति नेपाली कांग्रेस चितवन खेद प्रकट गर्दै यस घटनाको यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथी कडा भन्दा कडा सजाय गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौ ।

यसैबीच कांग्रेस भरतपुर महानगरले पनि घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारबाही गर्न माग गरेको छ ।

1.1K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.