समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

अनिल परियारको हत्या व्यक्तिगत रिसिभीका कारण भएको होः प्रहरी

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

1.5K

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले चितवनमा नेपाली कांग्रेसका नेता अनिल परियारको हत्या घटना निर्वाचनसँग सम्बन्धित नभएको बताएका छन् । घटना व्यक्तिगत रिसिभीका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए ।

‘घटनाको अनुसन्धान हाम्रो टोली (प्रहरी)ले गरिरहेको छ । घटनाबारे विस्तृत विवरण आउन त अनुसन्धान सकिनुपर्छ । तर, व्यक्तिगत रिसिभीले घटना भएको देखिन्छ उनले बताए ।

उनले घटनामा संलग्नको पहिचान भइसकेको पनि बताए । नियन्त्रणमा लिन भने बाँकी रहेको उनको भनाइ छ ।

आइतबार साँझ करिब ७ स् ३० बजे भरतपुर–१२ निवासी परियारको भरतपुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।

घटनामा संलग्नलाई पहिचान गरेर नियन्त्रणमा लिन दबाब दिँदै युवाहरूले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् । परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ ।

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.