समखबर संवाददाता


0 प्रतिक्रिया

1.2K

पुटिन युक्रेनमा लामो युद्धको तयारीमाः अमेरिकी गुप्तचर निकाय

४ वर्ष अगाडि
काठमाडाैं
समखबर संवाददाता

1.5K

रुसले पूर्वी युक्रेनमा जित हासिल गरे पनि द्वन्द्व अन्त्य नहुने र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनमा लामो युद्धको तयारीमा रहेको अमेरिकी गुप्तचर निकायले चेतावनी दिएको छ । पूर्वी युक्रेनमा रुसले भीषण हमला गरिरहेका बेला गुप्तचर निकायले यस्तो चेतावनी दिएको हो ।

राजधानी किभ कब्जा गर्ने रुसी सेनाको प्रयासको युक्रेनले प्रतिरोध गरेपछि मस्कोले दोनबास क्षेत्र कब्जा गर्न आफ्ना सेनाहरूलाई पुनः केन्द्रित गरेको छ । 

मंगलबार  अमेरिकी सिनेट समितिको सुनुवाइमा राष्ट्रिय खुफिया निर्देशक एभ्रिल हेन्सले पुटिन अझै पनि  ‘दोनबासभन्दा बाहिरका लक्ष्यहरू हासिल गर्न’ खोजेको तर उनले ‘आफ्नो महत्वाकांक्षा र रुसको वर्तमान परम्परागत सैन्य क्षमतबीचको बेमेलको सामना गरिरहेको बताइन ।

सो सुनुवाईमा रक्षा गुप्तचर निकायका निर्देशक स्कट बेरियरले रुसी र युक्रेनीहरू ‘अलिकति गतिरोधमा’ रहेको बताए । पछिल्लो युद्धमा युक्रेनले उत्तरपूर्वी खार्किभ क्षेत्रका चारवटा बस्तीहरू पुनः कब्जा गरेको दाबी गरेको छ ।

 चेर्कासी तिश्की, रुस्की तिस्की, रुबिज्ने र बायराक सबैलाई रसियाबाट फिर्ता लिएको रुसी सेनाको भनाई छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनी सफलताले रुसी सेनालाई बिस्तारै खार्किभबाट बाहिर धकेलिरहेको बताएका छन् । खार्किभमा युद्ध सुरु भएदेखि नै लामो समयदेखि बमबारी भइरहेको छ ।

1.5K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *