समखबर संवाददाता


0 प्रतिक्रिया

740

नमोबुद्धमा बस दुर्घटना, एकको अवस्था गम्भीर

४ वर्ष अगाडि
काभ्रे
समखबर संवाददाता

925

नमोबुद्धमा हिजो बस दुर्घटना भएको छ । बुधवार दिउँसो काभ्रेको बनेपाबाट नमोबुद्धको पिपलटार जाँदै गरेको बा २ ख ५७७८ नम्बरको बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार उक्त दुर्घटनामा परि १० जना घाइते भएका छन् । घाईते मध्ये एकजनाको अवस्था भने गम्भीर रहेको जनाएको छ ।

दुर्घटनामा परि नमोबुद्ध नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कान्छा लामा, २० वर्षीय रोजीना तामाङ, ८५ वर्षीय माईली तामाङ, २४ वर्षीय बिबिता तामाङ ,वडा नम्बर २ का ७० वर्षीय कान्छी तामाङ र वडा नम्बर ९ का ७५ वर्षीय च्याङ्वा रानी तामाङ रहेका छन् ।

त्यस्तै, रोशी गाउँपालिका वडा नम्बर २ का २७ वर्षीय रोशनी तामाङ, १० महिनाका बालक सिदार्थ तामाङ, वडा नम्बर २ का ४० वर्षीय लिलामाया तामाङ र वडा नम्बर १ का २९ वर्षीय पञ्चमाया तामाङ दुर्घटनामा परि नमोबुद्ध नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कान्छा लामा, २० वर्षीय रोजीना तामाङ, ८५ वर्षीय माईली तामाङ, २४ वर्षीय बिबिता तामाङ ,वडा नम्बर २ का ७० वर्षीय कान्छी तामाङ र वडा नम्बर ९ का ७५ वर्षीय च्याङ्वा रानी तामाङ रहेका छन् । ।

डिएसपी खतिवडाका अनुसार घाईतेहरूको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । बस चालक ३४ वर्षीय अमित लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

925

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *