
समखबर संवाददाता
बर्दिबास नगरपालिका नगरप्रमुख विदुर कार्कीमाथि आक्रमण प्रयास भएको छ । स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्री समूहका केही युवाले आक्रमण प्रयास गरेको नगरप्रमुख कार्कीले बताए ।
काम कै सिलसिलामा वडा नं.६ स्थित घुरन महतोको घरमा भेटघाट गर्न गएको बेला केही भिड जम्मा भएर आक्रमणको प्रयास भएको स्थानीयले पनि बताएका छन् । ‘मेयरसापभित्र कुरा गर्दै हुनुहुन्थ्यो त्यतिबेलासम्म बेलुका झण्डै ९ः३० भएको थियो । केही युवा आए अनि गालीगलौज गर्दै भिडियो बनाए ।’ एक प्रत्यक्षदर्शीले भने ।
माओवादी केन्द्र मधेश प्रदेशका नेता समेत रहेका कार्कीले भोट माग्न गएको भन्दै अभद्र व्यवहार गरेको पीडित पक्षको आरोप छ । भिडियोमा पनि महतोले भेटघाटको लागि बोलाएको स्वीकार गरेका छन् । `मैले मेयरलाई घरायसी भेटघाटको लागि बोलाएको थिए उनीहरू आएर अभद्र व्यवहार गरे ।’ उनले भने ।
समखबर संवाददाता 

