समखबर संवाददाता


0 प्रतिक्रिया

676

प्रनिआ थपलिया भन्छन् कुनैपनि मतदान केन्द्रमा मतदान स्थगित भएको छैन

४ वर्ष अगाडि
काठमाडौं
समखबर संवाददाता

845

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले हालसम्म कुनै पनि मतदान केन्द्रमा मतदान कार्य स्थगित नभएको बताएका छन् ।

‘केही मतदान केन्द्रमा सामान्य विवादका कारण मतदान रोकिएर सुचारु हुनेक्रम जारी छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भनेका छन्, ‘कुनैपनि मतदान केन्द्रमा मतदान कार्य हालसम्म स्थगित भएको छैन ।’

उनले देशभर स्थानीय तह सदस्य निर्वाचनमा उत्साह पूर्वक मतदान भइरहेको जनाएका छन् ।

‘अहिलेसम्म केही स्थानमा छिटफुट घटना बाहेक देशभर स्थानीय तह सदस्य निर्वाचनमा शान्तिपूर्ण तथा उत्साहपूर्वक रुपमा मतदान भइरहेको छ,’ उनले भने ।

आज एकसाथ देशका सबै ७५३ वटा स्थानीय तहमा निर्वाचन भइरहेको छ । आज विहान ७ बजेबाट मतदान सुरु भएको हो । मतदान बेलुकी ५ बजेसम्म चल्नेछ ।

845

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.