समखबर संवाददाता


0 प्रतिक्रिया

1.3K

अज्ञात समुहद्धारा कुटिए मतदान अधिकृत

४ वर्ष अगाडि
सप्तरी
समखबर संवाददाता

1.7K

सप्तरीको एक मतदानस्थलमा तोडफोड भएपछि मतदान स्थगित भएको छ। डाक्नेश्वरी नगरपालिकाको(२ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केही व्यक्तिको समूहले मतपेटिकाहरू तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।

कुटपिटबाट मतदान अधिकृत विपीन यादव घाइते भएका छन्। उनको राजविराज स्थानीय गजेन्द्र नारायण अस्पतालमा उपचार भइरहेको छ ।

दुई हजारभन्दा बढी मत खसिसकेपछि केही व्यक्तिले एक्कासि तोडफोड गरी कर्मचारीलाई कुटपिट गरेका थिए ।

1.7K

समखबर संवाददाता
यदि समाचारको बारेमा कुनै प्रश्न छ भने कृपया हामीलाई मेल गर्नुहोस्

Leave a Reply

Your email address will not be published.